Vision Statement

I envision literature created by Nepalese writers residing in Australia, whether composed originally in English or translated into English, being prominently published, showcased, and readily accessible in Australian libraries and bookstores, standing alongside the works of mainstream authors. Every effort and action I undertake for literature is dedicated to realizing this vision.

Nepali Stories for children


डल्ले माकुरोको जालो
                                  – सौरभकिरण श्रेष्ठ
                                                राजधानी दैनिकमा प्रकाशित पुस २०६७

डल्ले माकुरोलाई फुर्सदै थिएन । ऊ कहिले पल्लो हाँगामा पुग्थ्यो त कहिले वल्लो हाँगामा ।

‘हैन, यो डल्लेलाई के को चटारो हो, हँ ?’ अरु माकुराले कानखुसी गरेँ । तर, डल्ले माकुरोलाई अरुको मतलवै थिएन । ऊ हस्याङफस्याङ गर्दै एउटा बाँसको टुप्पोमा चढ्यो र लामो सुस्केरा हाल्यो ।

‘हो ! यो भन्दा अग्लो ठाउँ अरु छैन ।’ उसले चारै तिर हेर्दै सोच्यो, ‘अब यही घर बनाउनुपर्ला ।’ ऊ ढुक्क भयो । उसले आफूभन्दा तल नासपातीको रुखमा जालो बुन्दै गरेका माकुराहरुलाई हेरे मुसुक्क हाँस्यो ।

सबै भन्दा पहिले उसले च्यापच्यापे धागो निकाल्यो । हावाले त्यो धागोको एउटा टुप्पोलाई उडाएर तलतिर लग्यो । त्यसै बेला धागोको त्यो टुप्पा एउटा मसिनो हाँगामा च्याप्प टाँसियो । डल्ले माकुरो खुसी भयो । उसले त्यो च्यापच्यापे धागोको अर्को टुप्पोलाई आफू बसेको हाँगोमा पनि टाँस्यो । यसरी उसले सबैभन्दा पहिले दुई हाँगामा वारपार गर्न मिल्ने च्यापच्यापे धागोको पुल बनायो । त्यो धागो बलियो नहोउन्जेल उसले धागोमाथि धागो थप्दै ओहरदोहर गरिरह्यो । यसरी उसले धमाधम जालो बुन्ने काम सुरु ग¥यो ।

‘एउटा घर त बनाऊ । त्यसपछि त आरामै आराम । मज्जाले सुतिसुती खान्छु ।’ डल्ले माकुराले आफ्नो जालोमा कीटफटाङ्ग्रा फसेको सम्झ्यो । त्यसै बेला पारिलो घाम लाग्यो । घामको न्यानोले उसको मन आनन्द भयो । उसले तल तिर हे¥यो । अरु माकुरा चिसो छायामा जालो बुन्दै थियो ।

‘सबैभन्दा माथि घर बनाउनुको फाइदा नै, यही हो । यहाँ घाम पनि छिटो लाग्छ ।’ ऊ मख्ख प¥यो ।
मध्ये दिनसम्ममा डल्ले माकुरोले आफ्नो घर बनायो । जालोको बीचभागमा बसेर उसले जालोको सबै धागाहरु बलियो भए–नभएको राम्ररी जाँच्यो । बलियो घर बनाउन सकेकोमा ऊ आफैँ दङ्ग प¥यो । आफन्त सबैलाई बोलाएर भोज खुवाउने उसले विचार पनि ग¥यो ।  उसले तलतिर हे¥यो । उसका आफन्त माकुराहरु नासपातीको रुखमा जालो बुन्दै थिए ।

‘साच्चै भन्ने हो भने, नासपातीको रुखमा जालो बुन्नु राम्रो होइन । त्यहाँ खतरा पनि धेरै हुन्छ । मानिसहरुले नासपाती झार्दा जालो भत्काइदिने डर हुन्छ । कहिलेकाहीँ त चराहरु पनि नासपाती खान आउछन् । त्यस बेला बेमान चराहरुले जालो नै प्वाल पारेर भुर्र उड्छन् । घर भनेको जस्तोपायो त्यस्तो ठाउँमा बनाउनुहुन्न । जे होस्, आज मैले छानेको यो ठाऊ एकदमै सुरक्षित छ । यहाँ कसैको पिर छैन ।’ सबैभन्दा भरपर्दो र सुरक्षित ठाउँ खोज्न सकेकोमा उसले आफूले आफैलाई स्यावासी दियो ।

त्यसै बेला जोडले बतास चल्यो । स्वाररर बाँसहरु एकआपसमा रगडिँदै, नुहिँदै हल्लिन थाले ।  नासपातीको रुखमा जालो बुन्दै गरेका माकुराहरु आत्तिए । उनीहरुले डल्ले माकुरोको जालोतिर हेरे । डल्ले माकुरोले बनाएको जालो एकैछिनमा भताभङ्ग भयो । जालाको सबै धागाहरु हेर्दाहेर्दै धुजाधुजा भए । फेरि एकपल्ट जोडले बतास चल्यो । बाँसहरु स्वाररर गर्दै हावासँगै नाच्न थाले ।

हावा चल्न छोडेपछि सबै शान्त भयो । माकुराहरुले डल्ले माकुरोलाई यताउति, वरपर भ्याएजति सबै ठाउँमा खोजे । तर, उनीहरुले डल्ले माकुरोलाई कहीँकतै भेटेन ।

त्यसैले ती माकुराहरुले निष्कर्ष निकाले,  ‘पक्कै पनि डल्लेलाई हावाले उडाएर कतै न कतै पु¥याएको हुनुपर्छ ।’
डल्ले माकुरोको बारेमा सबै भन्दा पहिले सूचना दिनेलाई डल्ली माकुरीले पुरस्कार दिने व्यवस्था पनि गरेकी छिन् रे । कतै त्यो डल्ले माकुरो तपाईँकै घरआगनमा त आइपुगेको छैन ? त्यो डल्ले माकुरो तपाईँको घरको दलिन–दलिनमा, कुनाकाप्चामा वा घरकै कुनै छेवछावैमा जालो बुनिरहेको हुनसक्छ । यसो हेर्नुहोस् है । 

Nepali Writers and Literature in Australia – My Vision, Plan, and Action: Journal 32

16 December 2025 – 15 March 2026 | Personal Journal 32 I welcome readers to the 32th edition of my journal. Since its inception, this journa...