Vision Statement

I envision literature created by Nepalese writers residing in Australia, whether composed originally in English or translated into English, being prominently published, showcased, and readily accessible in Australian libraries and bookstores, standing alongside the works of mainstream authors. Every effort and action I undertake for literature is dedicated to realizing this vision.

Thursday, November 18, 2010

सौरभलाई पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार

वि.स. २०५७ सालमा स्थापना भएको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार समितिले वि.स. २०६६ सालको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार बालसाहित्यकार सौरभकिरण श्रेष्ठको बालकथा ‘हाम्रो गिफ्ट राम्रो गिफ्ट’ लाई प्रदान गरेको छ । यलमाया केन्द्र, पाटनढोकामा आयोजना भएको उक्त पुरस्कार प्रमुख अतिथी वरिष्ठ बालसाहित्यकार प्रा. डा. चुडामणी बन्धुले प्रदान गर्नुभएको थियो ।

बालसाहित्यका लागि समर्पित यो पुरस्कार पारिजातकी मित्र अमेरिकी नागरिक बारबरा अजीजको आर्थिक सहयोगमा स्थापित भएको हो । हरेक वर्ष प्रदान गरिने यो पुरस्कार यस अघि छ जनालाई प्रतिभालाई प्रदान गरिसकिएको छ । सो पुरस्कारको राशि १५ हजार रुपियाँ रहेको छ । सो पुरस्कार व्यवस्थापन समितिमा इन्दिरा दली, भिक्टर प्रधान, कनकमणि दीक्षित र खगेन्द्र सङ्ग्रौला रहेका छन् ।

‘नेपाली बालसाहित्यमा हाँस्यरसले भरिएको बालकथाहरुको अभाव छ । यो बालकथाले यस किसिमको अभावलाई पुरा गर्न सहयोग गर्ने छ । सानो कथावस्तुलाई विभिन्न उपकथा जोडेर यसलाई हाँस्यप्रधान बनाइएको छ । यसमा मनोरञ्जनमात्रै छैन, व्यङ्य पनि छ । यो कथा सरलभाषामा प्रस्तुत भएको छ जुन बालकथामा हुनुपर्ने एउटा गुण हो ।’ खगेन्द्र सङ्ग्रौलले भन्नुभयो ।

‘यो पुस्तक आधुनिक बालसाहित्यको प्रतिनिधि हुनसक्छ । यस पुस्तकले ठूलो सम्भावना बोकेको छ ।’ कार्यक्रमबीच कनकमणि दीक्षितले भन्नुभयो । कार्यक्रममा इन्दिरा दली, भिक्टर प्रधान, प्राडा चुडामणी बन्धु र सौरभकिरण श्रेष्ठले पनि आप्mनो मनतव्य व्यक्त गर्नुभयो ।

शान्तादास मानन्धर, तेजप्रकाश श्रेष्ठ, अमरकुमार प्रधान, विशम्भर चंचल, धु्रव घिमिरे, रञ्जुश्री पराजुली, गंगा कसजू, निनु चापागाइँ, भोला श्रेष्ठ, प्रल्हाद ढकाल, कार्तिकेय घिमिरे, सुमन महर्जन, कृष्णदीप सिग्देल, यसु श्रेष्ठ, प्रतिभारश्मी श्रेष्ठ, दीपककिरण श्रेष्ठ, पुर्णभक्त श्रेष्ठ, सुशीला श्रेष्ठ, सुनिता श्रेष्ठलगायत पारिजातकी बहिनी सुकन्याको उपस्थितिमा संचालन भएको यस कार्यक्रमा विभिन्न बालसात्यिकार, विद्यार्थी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

२०६७ कात्तिक २९

Nepali Writers and Literature in Australia – My Vision, Plan, and Action: Journal 37

16 July 2026 –August –15 September 2026 | Personal Journal 37 I welcomed readers to the 37th edition of my journal, which documented my acti...