Vision Statement

I envision literature created by Nepalese writers residing in Australia, whether composed originally in English or translated into English, being prominently published, showcased, and readily accessible in Australian libraries and bookstores, standing alongside the works of mainstream authors. Every effort and action I undertake for literature is dedicated to realizing this vision.

Monday, December 27, 2010

कथा सुन्ने र सुनाउने अभियानको थालनी















‘जहाँ बालबालिका त्यहाँ कथा, जहाँ कथा त्यहाँ कथावाचक समाज’ सहितको मुलमन्त्र बोकेर हिजो कथावाचक समाजले विद्यालय–विद्यालयमा बालकथा भन्ने अभियान थालनी गरेको छ । नेपाल आदर्श माध्यामिक विद्यालय, गणबाहलमा भएको यस कथावाचन कार्यक्रममा संस्थाका सचिव यसु श्रेष्ठले ‘बाँदर र टेलिभिजन’ तथा सदस्य जनार्दन बरालले ‘जलपरीको संघर्ष’ नामक कथाहरु प्रस्तुत गर्नुभएको थियो । साथै, उक्त विद्यालयका छात्रछात्राहरुले पनि बालकथाहरु वाचन गरेका थिए ।


बढ्दो आधुनिकीकरण र शहरीकरणको प्रभावमा बालबालिकालाई बालकथा सुनाउने र सुन्ने परम्परा लोप हुन थाले छ । यस्तो परिस्थितिलाई मध्येनजर गरी कथावाचक समाजको गठन भएको हो । जसको मुल उद्देश्य नै बालबालिकालाई बालकथा सुनाउनु हो र उनीहरुका नीहित सृजनशीलताको विकास गर्नु हो ।

कार्यक्रममा, यस संस्थाका सदस्य सौरभकिरण श्रेष्ठले स्वागन मन्तव्य दिनुभएको थियो भने, संस्थाका महासचिव कृष्णदीप सिग्देलले संस्थाको बारेमा जानकारी दिनुभएको थियो । साथै, कोषाध्यक्ष राजेन्द्रभक्त जोशीले सो कार्यक्रम व्यवस्थापन गर्नुभएको थियो । पुस्तकालय विषशज्ञ भोला श्रेष्ठकोको प्रमुख आतिथ्यतामा भएको यस कार्यक्रमलाई सयजनाभन्दा बढी बालबालिकाले कथाबाचनको रसस्वादन गरेका थिए ।

No comments:

Post a Comment

Nepali Writers and Literature in Australia – My Vision, Plan, and Action: Journal 32

16 December 2025 – 15 March 2026 | Personal Journal 32 I welcome readers to the 32th edition of my journal. Since its inception, this journa...